single head

लायन्स क्लब अफ चितवन स्पन्दनले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ सम्बन्धि मेसिन प्रदान

single post top 1

भदौं १४, नारायणगढ । लायन्स क्लब अफ चितवन स्पन्दनले आज भरतपुर १४, शिवनगरमा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई HbA1C मेसिन हस्तान्तरण गरेको छ ।

single p1

single p2

आज एक कार्यक्रमका बिच लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले सो मेसिन भरतपुर महानगर पालिका वडा नं १४ का वडा अध्यक्ष राजेन्द्र साखीज्यूलाई हस्तान्तरण गर्नुभएको हो । सो उपकरणबाट HbA1C परिक्षण, रगत रहेको ग्लुकोजको मात्रा के कति छ भनि परिक्षण गर्ने गर्दछ । त्यसै गरी सो मेसिनबाट CPPR, RFT , थाईराईड एंव बाथरोग सम्बन्धि परिक्षण गर्ने गरिन्छ । करिब २ लाख नेपाली रुपैया मूल्य पर्ने मेसिन लायन्स क्लब अफ चितवन सपन्दनले सदस्यहरुबाट संकलन गरेको पैसाबाट किनेको जनाएको छ ।

सो कार्यक्रममा शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेम पौडेल, डिष्ट्रिक एकजुकेटिभ चिफ पूर्ण प्रसाद शर्मा, डिष्ट्रिक एकजुकेटिभ को– चिफ भक्तीप्रसाद चालिसे, क्लष्टर नं का प्रमुख डा. गंगा सापकोटा लगायतका लायनहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन स्पन्दनका अध्यक्ष लायन अरुण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3