single head

प्रस्तावित राजदूत सिफारिसमा परेकाहरुको सुनुवाइका लागी प्रक्रिया अघि बढाउन सरकारद्वारा पत्राचार

single post top 1

 साउन २८ काठमाडौँ। विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ ।

single p1

मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।

single p2

परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १७ जनाको नामावली सुनुवाइका लागि प्राप्त भएको र चाँडै प्रारम्भिक प्रक्रिया अघि बढ्ने बताउनुभयो । गिरीले भन्नुभयो, “१७ जनाको नामावली प्राप्त भएको छ । समितिको प्रारम्भिक बैठक चाँडै बस्ने छ ।”

मन्त्रीपरिषद्ले यसअघि भारतबाट फिर्ता बोलाइएका राजदूत डा. शङ्करप्रसाद शर्मालाई पुनः भारतमै सिफारिस गरेको थियो । शर्माको पनि संसदीय सुनुवाइका लागि नाम पठाइएको छ । यस्तै नरेशविक्रम ढकाल साउदी अरब, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतका लागि सिफारिस हुनुभएको छ ।

निर्णय अनुसार जङ्गबहादुर चौहान रुस, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पौडेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छ । समितिले अब प्रारम्भिक बैठकबाट सुनुवाइको प्रक्रिया अघि बढाउने छ । प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर सरोकारवाला तथा सर्वसाधारणबाट उजुरी आह्वान हुने छ ।

उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग पहिले छलफल गर्ने छ । त्यसपछि प्रस्तावित पदाधिकारीको सुनुवाइ गर्ने छ । उजुरी नपरेको अवस्थामा सिधै प्रस्तावित पदाधिकारीलाई सुनुवाइमा बोलाइने छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3