spot_img

Monday, December 30, 2024

चीनका प्रधानमन्त्री ली छ्याङको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश

 साउन ३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

चीनका प्रधानमन्त्री लीले बुधवार पठाउनुभएको सन्देशमा नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हाे ।

  • -advertisement-
  • -advertisement-

चीनका प्रधानमन्त्री लिले सन्देशमा दुई देशका शीर्ष नेताहरूबिच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधैँ मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ ।

चीन–नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गर्दै सन्देशमा कूटनीतिक सम्बन्ध कायम भएको ६९ वर्षदेखि दुवै देशले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालन गर्दै आएका र यो समानता र विन–विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार