single head

नेकपा (एमाले) संसदीय दलको बैठक आइतबार बिहान १० बजे बस्ने

single post top 1

असार २२,काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

single p1

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले जानकारी दिए।

single p2

एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी असार २८ गते संसदबाट विश्वासको मत लिने बताईसकेका छन्।

एमाले र कांग्रेस एकातिर हुँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना नरहे पनि उनले यो प्रक्रियामा जाने निर्णय गरेका छन् । यी सबै विषय र पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेले बैठकमा छलफल गर्नेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3