single head

नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को प्रथम वार्षिकोत्सव तथा चौथो केन्द्रिय भेला काठमाडौंमा सम्पन्न

single post top 1

जेठ ४, काठमाडौं । नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को प्रथम वार्षिकोत्सव तथा चौथो केन्द्रिय भेला सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका -३० ज्ञानेश्वर स्थित आनन्दभैरव मन्दिरमा वुधवार कार्यक्रम सम्पन्न भएको हो।

single p1

संस्थाका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पिरामिड वास्तुविद् डा.महेन्द्र मुन्धारा रहनु भएको थियो। मुन्धाराले प्रथम वार्षिकोत्सवकाे अवसरमा बधाइ दिदै ज्याेतिष शास्त्रमा भएकाे विकृतिलाई यस सस्थाले हटाउदै जान आग्रह गर्नुभयो।

single p2

विशिष्ट अतिथिमा रहनुभएको महिला ज्योतिष संघकी सचिव शोभा गौतमले पनि सस्थालाइ बधाइ दिदै ज्योतिषको नाममा धावा बोल्नेहरु र ठगि धन्ना चलाउनेहरु बढ्दै गएकाेले यस संस्था अब त्यस्ताकाे पर्दाफास गर्न र सहि ज्याेतिष विद्यालाई प्रचार गरि जनमानस बिच प्रस्ट पार्न आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै संस्थाका केन्द्रिय सदस्य ई.सुजल गिरीले ज्योतिष क्षेत्रमा भएको विकृति र विसंगतिलाई औंल्याउँदै त्यसको न्यूनीकरणमा नेपाल कृष्णमूर्ति ज्योतिष परिषद् पहिलो वर्षमा नै धेरै हदसम्म सफल भएको बताउनु भयो। उहाले आगामी दिनमा संस्थालाई अगाडि बढाउन संस्थाले गर्नुपर्ने भूमिका बारे पनि प्रष्ट पार्दै संस्थाको हितमा केके गर्न सकिन्छ भनेर सुझाव समेत दिनुभएकाे थियाे।

करिब ६० जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष भण्डारीले केपी ज्योतिष भनेको के हो, यसले कसरी कार्य गर्छं ,यसको महत्व बारे प्रकाश पार्दै कार्यक्रमलाई सफल पार्न साथ दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष देवि प्रसाद सुवेदिले मन्तव्य राख्नु भएको थियो भने भावी कार्ययोजना बारे संस्थाका सचिव अमर बहादुर मगर र बार्षिक आय व्ययको प्रतिवेदन संस्थाका कोषाध्यक्ष यमराज सुवेदीले प्रस्तुत गर्नु भएको थियो।
केन्द्रिय सदस्य ज्यो.अर्जुन उप्रेती, विजय शर्मा,गीता पौडेल ,विप्लव पौडेल, पवन निरौंला लगायतले आफ्नो मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य महिला सशक्तिकरण अभियानका अभियान्ता एवं केन्द्रीय सदस्य सुमिता ज्ञवालीले राख्नु भएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3