spot_img

Wednesday, April 22, 2026

लायन्स क्लब अफ बागेश्वरी डाइनामिक गैंडाकोटको अध्यक्षमा रोसन मल्लको नेतृत्व

चैत ११,गैडाकोट । लायन्स क्लब अफ बागेश्वरी डाइनामिक गैंडाकोटले नयाँ नेतृत्व पाएको छ । मौलाकालिका मन्दिरको सभा हलमा लायन तुलसीप्रसाद सापकोटाको अध्यक्षतामा शुक्रबार सम्पन्न चौथो  अधिवेशनले लायन रोसन मल्ललाई अध्यक्ष पदमा चयन गरेको छ ।

वर्ष २०२४/२५ का लागि निर्विरोध बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष लायन रामकृष्ण कोईराला, द्वितीय उपाध्यक्ष लायन शिव पौडेल, तृतीय उपाध्यक्ष लायन लक्ष्मण कंडेल, सचिव लायन कृष्णप्रसाद खरेल, कोषाध्यक्ष लायन गोविन्द चालिसे, सहसचिव लायन हिमालदेव पंगेनी र सहकोषाध्यक्ष लायन बलराम रानाभाट रहेका छन् ।

त्यसैगरी बिधागततर्फ शैक्षिक निर्देशकमा लायन राजेन्द्र रेग्मी र सदस्यता वृद्धि निर्देशकमा केशर रानाभाटलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक तेजेन्द्र रानाले जानकारी दिए ।

लायन इतिहासमा आगामी कार्यकाललाई विभिन्न ऐतिहासिक गतिविधिसहित स्वर्णिम बनाउने लक्ष्य राखिएको निर्वाचित अध्यक्ष मल्लले बताए । संस्थापक अध्यक्ष कमल तिवारीले डायनामिकको टिममा भएका युवा साथीहरूको सक्रियता र लगनशीलताले यहाँसम्म आइपुग्दा सामाजिक क्षेत्रमा प्रशंसनीय कामहरु गर्न हौसला मिलेको बताए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :