spot_img

Friday, July 11, 2025

युनाइटेड टेक क्लब द्वारा  भरतपुर चितवन मा राष्ट्रिय स्तरको युनाइटेड टेक फ्युजन’ कार्यक्रम हुँदै

चितवन । चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक क्लबले युनाइटेड टेक्निकल कलेजसँगको सहकार्यमा राष्ट्रियस्तरको दुई दिने ‘युनाइटेड टेक फ्युजन’ गर्ने भएको छ ।

 

पछिल्लो समयमा भएको ‘UTech Hackathon Alpha’ को उत्कृष्ट सफलता पछि, यो प्राविधिक उत्सवले क्याप्चर द फ्ल्याग, रोबो फुटबल र प्रोजेक्ट प्रदर्शन सहित रोमाञ्चक प्रतियोगिताहरू लिएर आएको छ ।

 

सहभागी प्रतियोगीहरुले यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा आफ्नो विवेक, रचना र उनीहरुले शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने सक्नेछन् ।

जुनसुकै फिल्ड को बिद्यार्थी/ विद्यार्थी समूहले ले यस प्रतीयोगितामा आफ्नो रचना देखाउन पाउनेछन् ।

 

युनाइटेड टेक फ्युजन 2080″ विभिन्न विज्ञान र प्रविधि विभागका विद्यार्थीहरूलाई सहयोगी र नवीन प्लेटफर्ममा सँगै ल्याउने कार्य गर्न, विद्यार्थी सशक्तिकरणको प्रवर्द्धन गर्न, सहकार्यलाई बढावा दिन र इन्जिनियरहरूको अर्को पुस्तालाई प्रेरित गर्ने व्यापक शिक्षा र ईन्जिनियरिङ साथै  नवीन भविष्य को लागी हाम्रो प्रतिबद्धता को एक कार्यक्रम रहेको युनाइटेड टेक क्लब का अध्यक्ष विवेक पौडेल बताउनुहुन्छ । 

 

यस टेक फ्युजनबाट रोबोट र प्रविधि सँग रुचि राख्ने विद्यार्थी तथा शुभचिन्तहरुमा ठूलो सिकाइ साथै ज्ञानमुलक कुराहरू सिक्न अवसर मिल्ने उहाँको ठहर छ । 

 

यो कार्यक्रमका प्रतियोगिताहरु आगामी पुस ११ र १२  मा भरतपुरस्थित  युनाइटेड टेक्निकल कलेज मा हुने बताइएको छ । 

 

प्रतियोगितामा प्रविधि र खोज सँग सम्बन्धित संघसंस्था, कलेज तथा टेक क्लबहरुले सहभागिता जनाउन पाउनेछन् । साथै राष्ट्रियस्तरको दक्ष निर्णायकहरुको मूल्यांकनको आधारमा उत्कृष्ट प्रतियोगीहरुको चयन गरिने आयोजकले जनाएको छ ।

 

उत्कृष्ट प्रतियोगिहरुले क्रमशः

-Capture The Flag (CTF)

  • प्रथम: रु. ३०,०००/- नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र,
  • दृत्तिय: रु. २०,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र,
  • तृत्तिय : रु.१०,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र,

 

Project Demonstration

  • उत्कृष्ट समूहहरूले रु. १५ हजार बराबरको धनराशि र विभिन्न उपहारहरु

 

Robo Football

  • विजेता: रु. २०,०००/- नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र,
  • उपविजेता: रु. १०,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र,

 

टेक फ्युजनमा सहभागी हुनको लागि

क्रमश :

Capture The Flag (CTF)

Project Demonstration

Robo Football:

 

माथिको लिंकहरुमा क्लिक गरेर आफूलाई चाहेको प्रोग्राममा टिम दर्ता गराउन सकिने छ । प्रत्येक सहभागीले सहभागिताको प्रमाणपत्र प्राप्त गर्नेछन्।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार