spot_img

Sunday, April 5, 2026

पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको उम्मेदवार बालकृष्ण घिमिरे

गैँडाकोट । पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरे तोकिएका छन्।मुख्य निर्वाचन अधिकृत कमल ज्ञवालीले बालकृष्ण घिमिरे उम्मेदवार किटान भएको जानकारी दिएका छन्। नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका घिमिरे सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको पक्षमा जिल्लामा खुलेर उभिने नेताका रूपमा चिनिन्छन्।

दुई दिनअघि घिमिरेसँगै गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। अन्ततः पार्टीले घिमिरेलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :