गैँडाकोट। गैँडाकोट फुटबल क्लबको आयोजनामा तथा गैँडाकोट नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित गैंडाकोट अन्तर वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । नवजागरण खेलकुद रङ्गशाला थुम्सीमा भएको प्रतियोगितामा वडा नम्बर ३, ५ र ८ विजयी भएका प्रतियोगिताको खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
बिहीबारको पहिलो खेलमा गैँडाकोट वडा नं. ३ ले वडा नं. ९ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत ग¥यो । वडा नम्बर 3 को तर्फबाट जर्सी नं. ११ का सरोज बाचे मगरले निर्णायक गोल गरेका रेग्मीले जानकारी दिनुभयो ।प्रतियोगितामा वडा नम्बर ३ का कप्तान विकास थापा (जर्सी नं. ५) उत्कृष्ट प्रदर्शनसहित ‘प्लेयर अफ द म्याच’ भएका छन
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा वडा नं. ८ र वडा नं. १७ बीच प्रतिस्पर्धा तय भए पनि वडा नं. १७ तोकिएको समयमा मैदानमा उपस्थित नभएकाले आयोजकले वडा नं. ८ लाई स्वतः विजयी घोषणा गरेको संयोजक रेग्मीले जानकारी दिनुभयो ।
बिहीबारको तेस्रो खेलमा गैँडाकोट वडा नं. ५ ले वडा नं. १२ लाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको रेग्मीले बताउनु भयो । प्रतियोगितामा वडा नम्बर ५ का १३ वर्षीय युवा खेलाडी प्रुसन गुरुङ (जर्सी नं. २) ले निर्णायक गोल गर्दै आफ्दनो टिमलाई बिजयी गराउदै दर्शकको मन जितेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रुसन ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् ।
प्रतियोगिता गैँडाकोट वडा नं. ९ स्थित नवजागरण खेलकुद मैदानमा भइरहेको छ ।प्रतियोगिता माघ ५ गते सम्म चल्ने छ






