भाद्र २४, गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक हस्त बहादुर सुनारलाई विदाई तथा प्रहरी निरीक्षक कमला नराललाई स्वागत गरिएको छ ।
सुनारको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनमा सरुवा भएको हो । ईलाका प्रहरी कार्यालय गैँडाकोटको प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रशासन शाखा रानीपोखरीबाट सरुवा भइ प्रहरी निरीक्षक कमला नराल आउनुभएको छ ।
विदाई हुँदै गर्दा प्रहरी निरीक्षक हस्त बहादुर सुनारले गैँडाकोटको १३ महिने बसाई बिबादरहित र कार्यकाल सफल भएको बताउनुभयो । गैँडाकोटबासीको सहयोगकै कारण आफुले कुनै बिबाद झेल्न नपरेको उहाँको भनाई थियो ।
कार्यभार सम्हाल्दै प्रहरी निरीक्षक कमला नरालले पहिले बसेको यही पढेका कारण पनि यहाँको बारेमा चिरपरिचित रहेको बताउँदै आफुले पनि सबैको सहयोग पाउने आशा व्यक्त गर्नुभयो । नगरको शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको बताउँदै सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी प्रधान कार्यालयले नियमित सरुवा अन्तर्गत ५८७ प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा गर्ने क्रममा उहाँहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।