spot_img

Wednesday, April 1, 2026

एसईई २०८० को नतिजामा अमरज्योति माध्यमिक विद्यालय नगरकै उत्कृष्ट/ ९० प्रतिशत विद्यार्थीहरु उतिर्ण

गैँडाकोट । एसईई २०८०को नतिजामा सामुदायिक विद्यालय तर्फ अमरज्योति माध्यमिक विद्यालय नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

नवलपुरको गैँडाकोट १७ मा रहेको स्कुलले माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षामा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । एसईईको नजिता अनुसार अमरज्योति माध्यमिक विद्यालयका ९० प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् ।

एसईई परिक्षा दिएका ४० जना विद्यार्थीहरुमध्ये ३ जनाले ३.६ देखि ४ जीपीए, १२ जनाले ३.२ देखि ३.६ जीपीए, १५ जनाले २.८ देखि ३.२ जीपीए र ६ जनाले २.४ देखि २.८ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य दुर्गादत्त सापकोटाले बताउनुभयो ।

एसईई परिक्षामा सहभागि भएका नगरका ११ वटा सामुदायिक विद्यालयहरुलाई पछि पार्दै अमरज्योति माध्यमिक विद्यालयले आफुलाई पहिलो स्थानमा सुरक्षित गरेको हो भने नगरका २४ वटा संस्थागत र सामुदायिक विद्यालय तर्फ द्वितीय स्थान हासिल गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :