असार ०७,गैडाकोट । लागू औषध न्यूनीकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार गैडाकोटको राधाकृष्ण मन्दिरमा गैंडाकोट ५ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले वडालाई लागूऔषध मुक्त बनाउन यस्तो किसिमको कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले जनचेतना फैलाउँदै लैजाने हो भने अवश्य पनि लागू औषध न्यूनीकरण हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख वक्ता तथा इलाका प्रहरी कार्यालय गैडाकोटका असही सुजन अधिकारीले लागू औषध प्रयोग गर्दा के हुन्छ ? यसको लक्षण कस्ता कस्ता हुन्छन् भन्ने बारेमा जानकारी दिनुभयो । उहाँले लागू औषध प्रयोगकर्तालाई कानुनी व्यवस्था के छ त्यसको बारेमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका अर्का वक्ता नयाँ संसार पुनः स्थापना केन्द्रका अध्यक्ष तथा कुसुमघाट टोल विकास संस्थाका अध्यक्ष सुदर्शनप्रसाद खरेलले लागू औषध भनेको के हो ? अहिलेको अवस्था कस्तो छ ? गैंडाकोट वार्ड नं ५ मा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने कति छन् ? गाँजा खाने कति छन् ? रक्सीको दुर्ब्यशनिले घर कसरी बिगारेका छन् त्यसको तथ्याङ्क कस्तो छ त्यसको बारेमा प्रशिक्षण दिनुभयो । उहाँले लागू पदार्थ दुर्ब्यशनि न्यूनीकरणको लागि वडाभित्र कस्तो कस्तो काम भइरहेको छ , हाम्रो जिम्मेवारी के हो ? भन्ने कुरामा वडावासीलाई जानकारी दिनुभयो।
हाल समस्याको रूपमा देखापरेको लागू पदार्थको दुर्ब्यशनिलाई न्यूनीकरण गर्ने उद्देश्यले गैंडाकोट वार्ड नम्बर ५ले सचेतनामूलक कार्यक्रमले सबै वडावासीहरू लाई जानकारी भएपछि न्यूनीकरण गर्न सजिलो हुने नगर कार्यपालिका सदस्य तथा महिला नेतृ शान्ति न्यौपानेले बताउनुभयो।
कार्यक्रममा गैंडाकोट वार्ड नम्बर ५ का वडा सदस्य द्रोर्ण बन सन्यासि, उषा परियार , कुसुमघाट टोल विकास संस्था ,पूर्ण टोल विकास संस्था, मातृभूमि टोल विकास संस्था, भवानी टोल विकास संस्था, पारिजात टोल विकास संस्था,लगायत १९ वटै टोल विकास संस्थाका वडावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
ब्यानर पढेर उद्घाटन भएको कार्यक्रम को स्वागत मन्तव्य वडा सदस्य तुलसीराम गौतमले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण महिला नेतृ शान्ति न्यौपानेले गर्नुभएको थियो।