spot_img

Monday, June 17, 2024

गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त

जेठ २८ ,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।

पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मत दिनुभएको हो । पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।

सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे प्रदेश सरकारको स्थिरता, संविधान कार्यान्वयन र रक्षाका लागि विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । एक वर्षमा चार पटक नेतृत्व फेरिँदा आक्रोश बढेको उल्लेख गर्दै उहाँले बृहत् राजनीतिक सहमति आवश्यक भएको सदनमा बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार