गैडाकोट । सामाजिक अभियन्ता जनसेवाश्री पदकबाट विभूषित स्व. लक्ष्मी भट्राईको वार्षिक पूण्य स्मृतिमा गरिएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।
भट्राईकै निवासमा भएको रक्तदान कार्यक्रममा ३७ जना महिला र ६५ जना पुरुषले रक्तदान गरेका छन् । रक्तदान गर्ने १०२ जनामध्ये ४८ जना नयाँ रक्तदाता हुन् । उनिहरुले पहिलो पटक रक्तदान गरेका हुन् ।
नारी कल्याण एकल महिला पैरवी मञ्चको आयोजनामा भएको कार्यक्रममा कञ्चन आमा समूह सहअयोजना र मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले लक्ष्मी भट्टराईले सफल गराएर गएको रातो अभियानले युगौँसम्म सकारात्मक सन्देश दिने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरउपप्रमुख शान्ति कोइराला, मुना बचत तथा ऋण सहकारीका अध्यक्ष मिलनराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । नारी कल्याण एकल महिला पैरवी मञ्चकी पूर्व अध्यक्ष एवं. कार्यक्रम संयोजक महादेवी कट्टेलले स्वागत गर्नुभएको कार्यक्रममा मुना बचतका निवर्तमान अध्यक्ष रविन्द्र घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रम नारी कल्याण एकल महिला पैरवी मञ्चका अध्यक्ष शारदा ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो