spot_img

Saturday, September 21, 2024

गंगा लक्ष्मी अक्षयकोष स्थापना / गरिव, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

असोज २, गैँडाकोट ।  दुई लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैया नब्वे पैसा बराबरको गंगा लक्ष्मी अक्षयकोष स्थापना गरिएको छ  ।

बुधबार विजय आधारभूत विद्यालय गैंडाकोटको विद्यालय व्यवस्थापन समितिको बैठकमा गैँडाकोट नगरपालिका वडा नं ८ नन्दन कालिका टोल निवासी तारानाथ सापकोटा, चूडामणी सापकोटा र चन्द्रकान्त सापकोटाले आफ्नो आमा स्वः गंगावती सापकोटा र बुवा लक्ष्मीप्रसाद सापकोटाको पुण्य स्मृतिमा गंगा लक्ष्मी अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा दुई लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैया नब्वे पैसा बराबरको गंगा लक्ष्मी अक्षय कोष राख्ने उद्घोष परिवारजनले प्रस्तुत गरेका थिए । अक्षयकोष रकमको चेक विद्यालय व्यवस्थापन समितिलाई परिवारजनले  बैठकमा प्रदान गरेका छन् । सो अक्षयकोष रकमलाई आवधिक वचतको रुपमा बैँक खातामा राखिने र सो रकमको व्याजले हरेक वर्ष बार्षिकोत्सवमा विजय आधारभूत विद्यालयमा अध्ययन गर्ने गरिव, विपन्न र जेहेन्दार विद्यार्थीलाई अक्षयकोष दाता र विद्यालयको संयुक्त रोहवरमा छात्रवृत्ति प्रदान गरिने कुरा प्रधानाध्यापक सरस्वती पाण्डेले बताइन् ।

अक्षयकोष घोषणा कार्यक्रम प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं ८ का वडाअध्यक्ष प्रेम प्रसाद सापकोटाले अक्षयकोष रकमले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई अध्ययन गर्न सहयोग पु¥याउने कुरा व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा अक्षयकोषदाता तारानाथ सापकोटा ,चूडामणि सापकोटा र चन्द्रकान्त सापकोटाले अक्षयकोषको सहि सदुपयोग भएमा अक्षयकोषको रकमलाई थप गर्न सकिने कुरा बताएका छन् ।

शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिम भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार