कमेन्ट :
कमेन्ट :
कमेन्ट :
Sunday, January 19, 2025

मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सञ्चालनमा आउने

भदौ २६ गोरखा। मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत असार ३१ देखि बन्द भएको केबुलकार असोज १ बाट सञ्चालनमा आउने भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकारको सेवा अत्याधुनिक डिजिटल डी-कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।

गत असार ३१ देखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको छ । करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी-कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार