spot_img

Wednesday, January 15, 2025

आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न नेकपा एमालेको सांसदहरूलाई निर्देशन

भदौ २५ काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन दिएको छ ।
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्‌मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो।

पार्टीका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूलाई उपत्यका नछाड्न सन्देश पठाएका छन् । उपत्यका बाहिर भएका सांसदलाई २९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

त्यसैमा टेकेर रानाविरुद्ध प्रस्ताव दर्ता गराउन लागिएको हो। पदीय आचरणविपरित रहेर अमेरिकी दूतावासमा भिसा प्रक्रियाका लागि रानाले सिफारिस गरेको र उक्त कार्य नियतवस भएको एमालेले बताएको छ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार