spot_img

Tuesday, September 10, 2024

लायन्स क्लब अफ चितवन वाङमयद्वारा अक्षयकोष स्थापना

भदाै ८ गैंडाकोट । लायन्स क्लब अफ चितवन वाङमयले शनिबार  एक समारोहका बीच गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयमा जगदीश-पार्वती स्मृति अक्षयकोष स्थापना गरेको छ ।

लायन्स क्लब अफ वाङमय चितवनका अध्यक्ष सुजन अधिकारीले आफ्ना स्वर्गीय पिता जगदीश अधिकारी र माता पार्वती अधिकारीको स्मृतिमा स्थापना गरेको अक्षय कोषमा १ लाख ११ हजार एक सय रुपैयाँको रकम प्रदान गरेका छन् । वाङमयका अध्यक्ष अधिकारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमएमजेएफ लायन दिननाथ न्यौपाने रहेका थिए ।

प्रमुख अतिथि न्यौपानेले बाबुआमाको स्मृतिमा पवित्र स्थान विद्यालयमा अक्षयकोष स्थापना गरेर पुण्यको काम गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रथम भिडिजी एमजेएफ लायन नवराज सापकोटा, द्वितीय भिडिजी एमजेएफ लायन प्रभाकर पण्डित, गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा नम्बर ६ का अध्यक्ष सुवास चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा, प्राचार्य डिल्लीप्रसाद अम्बै, व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरहरि सापकोटा शिक्षक अभिभावक सङ्घका अध्यक्ष हिमलाल सापकोटा, लायन्स लिडरहरू राजेन्द्र गौतम,लायन कमलप्रसाद श्रेष्ठ, लायन जगन्नाथ पुडासैनी, गोपालप्रसाद गौतम, लायन पुरन थापामगर, लायन गोविन्द अर्याल, लायन देशबन्धु सिग्देल, लायन हरिप्रिया रिजाल, लायन प्रकाश सुवेदी, लायन पुरुषोत्तम सापकोटा, क्लबका पूर्व अध्यक्षहरू लायन ऋषिप्रसाद लामिछाने,लायन सूर्यमणि शर्मा, लायन मीरा तिमिल्सिना, लायन रामहरी श्रेष्ठ क्लबका सेक्रेटरी बिदुर अधिकारी, ट्रेजर हिरामणि शर्मा, सल्लाहकार होमनाथ घिमिरे, लगाएत स्वर्गीय प्रअ जगदीश अधिकारीका परिवारको उपस्थिति रहेको थियो ।

२९ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएका स्वर्गीय अधिकारी भाग्यदय प्राविका संस्थापक प्रधानाध्यापक रहेका थिए । कार्यक्रमा क्लबका तर्फबाट पूर्व अध्यक्ष सूर्यमणि रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई क्लबका उपाध्यक्ष राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार