spot_img

Tuesday, September 10, 2024

नन्दन सामुदायिक बनको अध्यक्षमा हरिकला अधिकारी निर्वाचित / सामुदायिक वनको हक हितका लागि एक भएर अगाडि बढ्ने अध्यक्षको भनाइ

भाद्र ०५,गैँडाकोट । नन्दन सामुदायिक बन उपभोक्ता समुह गैंडाकोट ६, ८ र ९ को  २६ औ साधारणसभा तथा नेतृत्व चयन बाट पहिलो पटक नेतृत्व महिलामा पुगेको छ ।

बुधबार सम्पन्न मतगरणा बाट नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्ट्रिय स्वतन्त्र पार्टी सहितको साझा गठबन्धनकि उम्मेदवार हरिकला अधिकारीले ४८७ मत प्राप्त गरि अध्यक्ष पदमा  निर्वाचित हुनुभएको छ । तेस्तै उहाको प्रतिस्पर्धी नेपाली काँग्रेसका बेलप्रसाद पौडेलले ३३४ मत प्राप्त गर्नु भएको छ भने स्वस्तंत्र उम्मेदवार माधब चालिसेले २१५ मत प्राप्त गर्नु भएको छ ।  स्वस्तंत्र उम्मेदवार देबराज गिरीले १३ मत र भिम प्रसाद शर्माले ७ मत प्राप्त गर्नु भएको छ  ।

तेस्तै  उपाध्यक्ष पदमा नेपाली काँग्रेसका नरजङ्ग रानाले ५१६ मत ल्याई बिजयी हुनु भएको छ । उहाको प्रतिस्पर्धी  गठबन्धनको उम्मेदवार खुमनाथ पौडेलले ५०७ मत प्राप्त गर्नुभएको छ ।  तेस्तै सचिव पदमा गठबन्धनको उम्मेदवार कमला शर्माले ५४७ मत ल्याई बिजयी हुनु भएको छ । उहाको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार इस्वोरी कुमालले ४७० मत प्राप्त गर्नुभएको छ ।  कोषाध्यक्ष पदमा नेपाली काँग्रेसकि डिला सुवेदी शर्माले ५५९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाको प्रतिस्पर्धी गठबन्धनको उम्मेदवार गुमा देवी शर्मा घिमिरेले ४१८ मत प्राप्त गर्नुभएको छ  ।  तेस्तै सहसचिवमा नेपाली काँग्रेसका झलकराज शर्माले ५३८ मत ल्याई बिजयी हुनु भएको छ । उहाको प्रतिस्पर्धी गठबन्धनको उम्मेदवार बसुनी चपाईले ४२९  मत प्राप्त गर्नुभएको छ ।

सामुदायिक वनको लेखा समिति संयोजक पदमा गठबन्धनको साझा उम्मेदवार माधव प्रसाद न्यौपानेले  ५०८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद सापकोटाले ४२९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लेखा समिति सदस्य पदमा लोकनाथ सापकोटा र  सबिना विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

तेस्तै कार्यसमिति सदस्यहरुमा गठबन्धनको तर्फ बाट छम कुमारी बिक, दुर्गे तमाङ ,लक्ष्मी लामा ,कौशिला खत्री , खगराज गौतम , पार्वती शर्मा , नेपाली काँग्रेस बाट  तुलिमाया डिस्वा, बिष्णुमाया खत्री, टिकाराम सुवेदी र चित्र बहादुर बोहोरा बिजयी हुनुभएको छ ।

नब निर्बाचित पदाधिकारीहरुलाइ बिहिबार दिउसो १ बजे सपथ ग्रहर्ण तथा पद हस्तान्तरण गरिने निर्बाचन समिती संयोजक छत्रराज पौडेलले फास्ट खबर अनलाईनलाई जानकारी दिनुभयो ।

नन्दन सामूदायिक वन उपभोक्ता समुह गैंडाकोट ६, ८ र ९ को क्षेत्रफल ४३५.५६ हेक्टर रहेको छ । २०५३ सालमा दर्ता भएको  सामूदायिक वनमा  अहिले  १ हजार ५ सय ९६ जना उपभोक्ता सदस्यहरु रहेका  छन् ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार