spot_img

Friday, July 11, 2025

नारायण नदीको चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

असार २४,गैंडाकोट (एन एस सुबेदि)। गैंडाकोट वार्ड नम्बर ६ को आयोजनामा वृक्षारोपण गरिएको छ।

सोमबार गैडाकोट वार्ड नं ६ को सृजनशील आधारभूत विद्यालय अगाडि नारायण नदीको चौरमा वृक्षरोपण गरिएको छ। गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले पिपलको बोट रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको हो।

वृक्षारोपण कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले वृक्षारोपणले वातावरण जोगाउने बताउनुभयो । उहाँले  विकाससँगै वातावरणमा प्रदूषण बढेकोले स्वच्छ वातावरणका लागि वृक्षारोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट वार्ड नम्बर ६ का वडा अध्यक्ष सुभाष चापगाईंले भन्नुभयो वातावरणलाई जोगाउनु भनेको आफ्नै जीवन रक्षा गर्नु हो।  हामीले हाम्रो वातावरणलाई स्वच्छ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेको छौं र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने अध्यक्ष चापागाईंले बताउनुभयो ।

नारायणी नदीको कटानलाई रोकथाम गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ भू-क्षय नियन्त्रणका लागि पनि उपयुक्त भएको त्यस्तै गैडाकोट नगरपालिकाको आगामी दिनमा रिङरोड हुने सम्भावना भएको स्थान र तरबुजा खेती गर्न उपयुक्त योग्य भूमि भएको ठाउँमा वृक्षारोपण गरिएको वडा अध्यक्ष चापागाईंले बताउनुभयो।

वृक्षारोपण कार्यक्रममा वर ,पिपल ,बाँस ,तेजपत्ता र कल्कि लगायतका विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएको छ।
कार्यक्रममा वडा सदस्य रणबहादुर दराई ,पवित्रा अधिकारी ,चन्द्रबहादुर विश्वकर्मा ,गैंडाकोट वार्ड नम्बर ६ का टोल विकास संस्था , सामाजिक व्यक्तित्व ,बुद्धिजीवी व्यक्तित्व, राजनीतिक व्यक्तित्व लगायत वडा नम्बर ६ का वडाबासीहरूको उपस्थिति रहेको थियो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार