असार २२,काठमाडौं । असार २२ गते अर्थात आजका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।
निर्वाचन गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा निर्वाचन कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ ।
कमेन्ट :