spot_img

Sunday, July 14, 2024

इङ्ल्याण्ड्लाई हराउंदै भारत आईसिसि टी २० विश्वकपको फाइनलमा प्रवेश

असार १४,काठमाडौं । साविक विजेता इङ्ल्याण्ड्लाई हराउंदै भारत टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

गुयनामा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ५७,सूर्यकुमार यादवले ४७ र हार्दिक पाण्ड्याले २३  रन बनाए ।  रवीन्द्र जडेजाले नट आउट १७ र अक्षर पटेलले १० रन जोडे।

इङ्ल्याण्ड टोलीका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर र आदिल रसिदले समान १ विकेट लिए ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्याण्डले १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो । भारतका लागि अक्षर पटेल र कुल्दीप यादवले ३-३ तथा जसपृत बुमराहले २ विकेट लिए ।

इङ्ल्याण्डका लागि ह्यारी ब्रूकले २५, जोश बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए ।

भारत १० वर्ष पछि फाइनल पुगेको हो । अब फाईनलमा शनिवार साउथ अफ्रिका र भारत भिड्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार