spot_img

Thursday, July 18, 2024

आइसिसी टी-२० विश्वकप क्रिकेट: नेपालले सोमबार बिहान बङ्गलादेशविरुद्ध खेल्दै

असार २, काठमाडौँ । । आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ ।

सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । याे खेल जितेमा नेपालले जारी विश्वकपमा बलियो टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

दक्षिण अफ्रिबाविरुद्ध अन्तिममा नेपालका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले जितको नजिक पुगेर हार खेपेको थियो । हाल समूहको दोस्रो स्थानमा रहेको बङ्गलादेश पनि नेपाललाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा छ ।

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण  अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो ।

दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलङ्का पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार