spot_img

Thursday, July 18, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

निगम सञ्चालक समितिको शनिवार बसेको बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एकसय ६२ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एकसय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एकसय ६५ रुपियाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एकसय ४९ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एकसय ५१ र तेस्रो वर्गअन्तर्गत एकसय ५२ रुपियाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार