spot_img

Monday, June 17, 2024

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा आगामी भदौ देखि सुरु गर्ने तयारि

जेठ ३०, काठमाडौँ ।  चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ ।

त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो ।

उहाँले आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो ।  प्राडा झाका अनुसार आयोगले १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार