जेठ २९ ,काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ ।
सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४-० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।
समूह ‘एच’ मा रहेको नेपालले त्यसअघि पाँचै खेलमा पराजय भोगेको थियो । नेपालले आजको खेलमा अंकको खाता खोल्न चाहन्छ । पछिल्लो खेलमा दुई पटक क्रसबारमा प्रहार गरेको नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ ।
नेपाली टोली:
गोलकिपर: किरन चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द
मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी