spot_img

Monday, June 17, 2024

टी– २० विश्वकप क्रिकेट: क्यानडासँग आयरल्याण्ड १२ रनले पराजित

 जेठ २६, काठमाडौं ।  टी– २० विश्वकप क्रिकेटमा क्यानडासँग आयरल्याण्ड १२ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुई/दुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एक/एक विकेट लिए ।

यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । खराब सुरुवात गरेको क्यानडाका लागि निकोल किर्टोन र श्रेयास मोभ्भाले इनिङ सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । किर्टोन ४९ र मोभ्भा ३७ रन बनाएर आउट भए । पर्गत सिंह १८ र आरोन जोन्सनले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्याण्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुई/दुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एक/एक विकेट लिए । क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । समूह एमा अमेरिका ४ अंकका साथ पहिलो स्थानमा छ भने भारत र क्यानडा दुई/दुई अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार