spot_img

Monday, June 17, 2024

आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा / बिजेता टोलीले ३२ करोड ५० लाख रुपैयाँ पाँउने

जेठ २२, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि २० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ ।

आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससंगै उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्दा सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले पनि कम्तिमा ५ करोड रुपैयाँ पाउनेछन् ।

विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँ पाउँदा हरेक समूहको पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल यसपटक विश्वकपको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले मंगलबार आज  नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे (स्थानीय समय विहान १०:३० बजे) सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार