spot_img

Thursday, July 10, 2025

चौथो पटक आफूले विश्वासको मत पाउनेमा ढुक्क छु – प्रधानमन्त्री पुष्पकमल दाहाल

जेठ ५ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्नुहुँदै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गर्नुभयो । उहाँले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो ।

‘‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतका लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ  पटक लिनुपर्ने हो की जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘धेरै टेन्सन लिनुपर्दैन । कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुबिधामा छैन, तपाईँहरू पनि दुबिधामा पर्नु पर्दैन ।’’

प्रधानमन्त्री प्रचण्डले सहकारीसँगको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको भन्नुहुँदै आइतबार बिहानसम्म सहज रूपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनुभयो । उहाँले आफूले संसद्को अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्नुहुँदै  सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभयो । उहाँले संसद् सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमँ अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताउनु भयो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार