spot_img

Friday, July 11, 2025

बालबालिकाको लागि आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सुरु / १९ वटा बाल क्लबका बालबालिकाको सहभागिता

वैशाख २२,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा शनिवार बाट बालबालिकाको लागि आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।  प्रशिक्षण कार्यक्रम जनक नमुना माविको पुरानो र नयाँ ब्लक गरी दुईवटा खेल मैदानमा सञ्चालन हुने छ।

कार्यक्रमका सभापति गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले  वडा भित्रका बाल बालिकाको लागि खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यले पहिलो चरणमा आधारभूत फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो  । अध्यक्ष सापकोटाले वडाको आवानलाई स्वीकारेर बिभिन्न टोलबिकास सस्था बाट बाल बालिकालाई सहभागिता गराउने अभिभावकलाई धन्यवाद ब्यक्त गनुभयो  ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले फुटबलको यस्ता किसिमको प्रशिक्षणले अनुशासन पुर्बक खेलियो भने यहाँहरुको जिवन स्तर अघि बढेर जाने बताउनुभयो । बालबालिकाहरु आज यहाँ फुटवल खेलिरहनु भएको छ भने भोलि देश बिदेशमा गएर फुटवलमा आफ्नो  कला देखाउनु भयो भने अवश्य पनि गैडाकोटको छबि तथा वडा नम्बर ५ को छबि उच्च भएर जाने उहाँको भनाई छ ।

कार्यक्रममा जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा ,नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, भवानी टोल विकास संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बालबालिकाको लागि आधारभूत फुटबल प्रशिक्षण एन्फाका कोच  प्रशान्त रेग्मी र सिर्जना रेग्मीले दिनुहुने छ ।

कार्यक्रमको सहजीकरण गैडाकोट नगर कार्यपालिका सदस्य एवं गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपानेले गर्नुभएको थियो । अबको करिब दुईमहिना बालबालिकाहरु हरेक दिन बिहान ६ बजेबाट ८ बजेसम्म फुलबल खेल्ने छन् । तालिममा वडा भित्र रहेका १९ वटा बाल क्लबका बालबालिकाको सहभागिता रहेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार