spot_img

कतारका अमिर (राजा) लाई सरकारले २ वटा हात्ती उपहार दिने

वैशाख ११,काठमाडौं । नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ वटा हात्ती उपहार दिने भएको छ ।

उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।-रासस

 

 

प्रतिक्रिया हरु

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार