spot_img

Tuesday, September 10, 2024

राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई एमालेको आह्वान

 वैशाख ९ ,ललितपुर  । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ । आइतबार ललितपुरमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले सो आग्रह गरेको हो ।

बैठकबाट १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन पनि आग्रह गरेको छ । राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान णगर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

एमालेले आफ्नो पार्टीसहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) बिचमा नयाँ सत्ता समीकरण निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गरेको छ ।

समीकरणलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि एमालेले व्यक्त गरेको छ । त्यसैगरी पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमार्फत आजको मुख्य समस्यालाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताउनुभयो । उहाले भन्नुभयो  ‘विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने सङ्कल्प पनि एमालेले गरेको छ’ |

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार