spot_img

होटल व्यवसायी तथा कर्मचारीहरूलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी” दुई दिने तालिम गैंडाकोटमा हुने

 चैत २३,गैँडाकोट । कालिगण्डकी करिडोर अन्तर्गतका होटल व्यवसायी तथा कर्मचारीहरूलाई  “स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी” दुई दिने  तालिम गैंडाकोटमा संचालन हुने भएको छ ।

होटल व्यवसायी  महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिवार देखि संचालन हुने तालिमबारे शुक्रवार होटल ताजमहल एभरेष्ट गैडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो। तालिम कार्यक्रमको सह आयोजकको रुपमा मुकन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोट रहेको छ ।

छिमेकी मुलुक चिन संगको उत्तरी नाका कोरलादेखी दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजबूत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी तालिमको आयोजना गरिएको हो ।

तालिममा करिडोर अन्तर्गत गैंडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरीका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ। चैत २४ र २५ गते होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी दुई दिनको आवासीय तालिम कार्यक्रमको आयोजना गरिएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।

तालिमको प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी रहनेछन्। साथै प्रशिक्षकहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योती आचार्य र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायतका बिषय बिज्ञहरू रहनेछन्।

कार्यक्रमको उद्घाटन गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गर्ने कार्यक्रम रहेको छ भने चैत्र २५ गते कार्यक्रमको समापन होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेले गर्ने कार्यक्रम रहेको अध्यक्ष चोखालले बताउनु भयो ।

तालिममा करिडोर अन्तर्गत गैंडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरीका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ । सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रबर्द्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा तालिम प्रदान गरिने महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार