चैत १८ ,काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको छ । गुजरातस्थित वापीमा आइतबार जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाउनुभयो । यस्तै अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन जोड्नुभयो । बलिङमा गुजरातका हेमान्ग पटेल र तेजस पटेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेटको क्षतिमा ९८ रन बनाएको थियो । गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन बनाउनुभयो । यस्तै हेमंग पटेलले २०, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
गुजरातलाई सस्तैमा समेट्न नेपालका गुलशन झाले चार ओभरमा २२ रन खर्चिँदै चार विकेट लिनुभयो । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चिएर तीन विकेट लिनुभयो । सोमपाल कामीले एक विकेट झार्नुभयो ।
प्रतियोगितामा नेपाल, गुजरात र बरोडा क्रिकेट सङ्घको सहभागिता छ । नेपालले टी–२० विश्वकपको तयारीका लागि फ्रेन्डसिप कप खेलेको हो । अप्रिल ७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले अप्रिल