spot_img

Sunday, July 14, 2024

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडित स्थानीयहरूलाई शनिवार एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत  उपलब्ध गराइएको हो ।
 परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”
संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार