spot_img

लोकदोहोरी गायिका सुजाता रेग्मीको नयाँ गित ‘मोहनी बोली’ बजारमा

चैत १५, काठमाडौंं (नवीन सुवेदी) । लोकदोहोरी गायिका सुजाता रेग्मीको नयाँ गित ‘मोहनी बोली’ बिहिवार देखि बजारमा आएको छ ।   चर्चित गायक तथा सर्जक ढाकाराम पौडेलको शब्द तथा संगित रहेको  गीतको भिडियो वर्षा म्युजिक युट्युब च्यानलमार्फत बिहीबार चैत १५ गते  सार्वजनिक भएको  छ ।

ढाकाराम पाैडेलको स्वर रहेको मोहनि बोलि बोलको गीतमा  नवगायिका सुजाता रेग्मीले आवाजमा साथ दिएकी छन् ।धादिङकी नवगायिका रेग्मीलाई नयाँ  गीतमा अवसर दिएको गायक पौडेलले बताउनु भयो  । त्यस्तै उक्त गीतको भिडियोको निर्देशन समेत गायक ढाकाराम पौडेल आफैँले गर्नुभएको छ ।

सुरज खनालको छायांकन रहेको भिडियोको  सम्पादन पनि स्वयं खनालको रहेको छ । धादिङमा छायांकन गरेको  गितलाई मनोज लामाले नृत्य निर्देशन गर्नुभएको छ ।

मोहनि बोली गितको म्युजिक  भिडियोमा श्याम राना र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ  । माया प्रेमका भावनामा ओतपोत भएका शब्द समावेश गरिएको गीतलाई मौलिक भाकामा उतारिएको गायक पौडेलले बताउनु भयो  ।

करिब दर्जनभन्दा बढि गित बजारमा आईसकेका गायक ,सर्जक पौडेल  देश तथा विदेशका सांगीतिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुती देखाई सक्नु भएको छ ।

गायक पौडेल कुसल कार्यक्रम प्रस्तोता भएकोले विभिन्न कार्यक्रम तथा मेला महोत्सवमा समेत  व्यस्त हुनुुहुन्छ । अहिले बजारमा आएको गित मोहनि बोली बोलको गितलाई फास्टखबर अनलाइनको तर्फबाट सफलताको शुभकामना ।

https://youtu.be/v0KhNWUIwRs?si=KdKH-uNIgr1FrYoY

 

 

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार