spot_img

गैँडाकोट नगरपालिका न्यायिक समितिले गैँडाकोटका ८ वटा वडामा सचेतना प्रदान

फागुन १५,गैँडाकोट (प्रेम क्षेत्रि) । गैँडाकोट नगरपालिका न्यायिक समितिले वडा वडामा न्यायिक सचेतना कार्यक्रमको निरन्तरता स्वरुप गैँडाकोट ५ मा सचेतना प्रदान गरेको छ ।

सोमबार कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारीले सभ्य समाज निर्माणमा सबै जुट्न आह्वान गर्दै सकेसम्म झै झगडा नगरी समाजमा मिलेर बस्न आग्रह गनुभयो । हालसम्म गैँडाकोटका ८ वटा वडामा सचेतना प्रदान गरिएको छ । हालसम्म गैँडाकोट ३ बाहेक १ देखी ९ सम्ममा सचेतना प्रदान गरिएको हो । गैँडाकोट १ र २ को श्रीराम पार्टी प्यालेस, ४ र ८ को गैँडाकोट खानेपानीको संस्था, ६, ७ र ९ को ओम शान्ति पिसपार्क र ५ को नगरपालिकाको सभाहलमा कार्यक्रम भएका हुन् ।

गैँडाकोट नगरपालिकाको न्यायिक समितिका संयोजक एवं उप प्रमुख शान्ति कोइरालाले समाजलाई सुसंस्कृत र शान्त बनाउन टोलका हरेक व्यक्तिलाई न्यायिक विषयमा जानकारी गराउने हिसाबले कार्यक्रमको गरिएको बताउनुभयो । बुधबार गैँडाकोट ३ मा र त्यसपछि पनि हरेक दुइ वटामा एक–एक कार्यक्रम गर्ने गरी १० वटा कार्यक्रम तय गरिएको न्यायिक समिति सचिवालयका सहजकर्ता तारा उपाध्यायले जानकारी दिनुभयो ।

सर्वोच्च अदालत मेलमिलाप परिषद्का प्रशिक्षक विज्ञ एवं संवाद सहजिकरण तथा मेलमिलाप केन्द्र चितवनका अध्यक्ष बन्धुराज पौडेल र सर्वोच्च अदालत मेलमिलाप परिषद्का प्रशिक्षक कविता अधिकारी खनालले प्रशिक्षण दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार