spot_img

सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन सकेन – महामन्त्री गगनकुमार थापा

फागुन १४ ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।

उहाँले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाई निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।

‘‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोले यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । यत्ति गर्नसके होला ? निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला ।’’

महामन्त्री थापाले संसद् सफा गर्न सकेमात्रै मिटरब्याज, दुध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार