single head

विद्यार्थीहरुलाई खोप लगाएर दादुरा–रुबेला विरुद्धको खोप अभियानको शुभारम्भ

single post top 1

फागुन १३,गैँडाकोट । नवलपुरमा गैँडाकोट ५ स्थित विजय सामुदाियक शिक्षा सदनका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा–रुबेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व ,सहभागिता पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित दादुरा–रुबेला खोप अभियानको शुभारम्भ गरिएको हो ।

single p1

खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बालबालिकालाई स्वास्थ राख्न सबै जुट्नुपर्ने बताउनुभयो । खोप अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

single p2

 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईले अभियानमा नवलपुरका १ लाख २२ हजार बालबालिकालाई उनीहरुकै विद्यालयमा गएर खोप लगाइने बताउनुभयो । थोरै सङ्ख्यामा विद्यार्थी भएका बालबालिकालाई भने नजिकैको अर्को विद्यालयमा खोप लगाइने उहाँले बताउनुभयो । २२ गतेसम्म चल्ने खोप अभियानमा नवलपुरको गैँडाकोट, बौदीकाली र बुलिङटारमा फाल्गुन १३ गतेदेखि र देवचुली, कावासोती, हुप्सेकोट, विनयी त्रिवेणी र मध्यविन्दुमा भने फाल्गुन २० गतेदेखि खोप लगाइने उहाँले बताउनुभयो ।

गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले गैँडाकोट नगरपालिका भित्रका २२ हजार बढी बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । दादुरा–रुबेला रोगबाट १ जना सङ्क्रमितले १८ जनासम्मलाई सङ्क्रमण गर्न सक्ने हुने भएकाले पनि खोपको पूर्णमात्रा लगाएर सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो ।

 

कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, नगर प्रवक्ता शिवकान्त तिवारी, गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, स्वास्थ्य कार्यालय नवलपुरका ल्याब अधिकृत खरेलप्रसाद चौधरी, गैँडाकोट १० का वडा अध्यक्ष देविदत्त कँडेल, जनस्वास्थ्य निरीक्षक माधव आचार्य लगायत, स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले विजय सामुदायिकबाट नै खोप शुभारम्भ गरेकोमा आभार व्यक्त गर्नुभयो ।

अभियान अन्तर्गत ९ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ । अभियान सुरु हुन अगाडी सरोकारवालापक्षहरुलाई अभिमुखिकरण गरिसकिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3