single head

नेपाल शिक्षक संघ गैँडाकोटको विद्यार्थी केन्द्रित ऐतिहासिक कार्यक्रम सम्पन्न

single post top 1

फागुन ११,गैडाकोट ।  विद्यार्थीको भविष्य हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ गैँडाकोट नगर समितिको आयोजनामा एस.इ.इ परीक्षा लक्षित गरी अन्तर माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

single p1


कार्यक्रमका प्रमुख अतिथि शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाईँले शिक्षकका संस्थाहरूले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने र आफ्ना पेशागत क्षमता विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो । म गैँडाकोट नगरपालिका आएको ४ बर्षको समय अवधिमा शिक्षकका संस्थाले विद्यार्थीको सिकाइ वृद्धि सम्बन्धि कार्यक्रम पहिलो पटक नेपाल शिक्षक संघले गरेको पाएँ भन्दै प्रमुख चापागाईँले शिक्षकले आफ्नो  पेशागत धर्मलाई कहिल्यै बिर्सन नहुने कुरामा जोड दिनुभयो ।

single p2

आफूलाई नेपाल सरकारले विद्यार्थीलाई ज्ञान प्रदान गर्न खटाएको हो भन्ने कुरा हामीले कहिल्यै बिर्सन हुँदैन भन्ने कुरा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालयले प्रथम, अमरज्योति माध्यमिक विद्यालयले द्वितिय र कालिका माध्यमिक विद्यालयले तृतिय स्थान हासिल गरेका छन् । कार्यक्रममा प्रथम हुने समूहलाई नगद रु.५००० , द्वितिय हुनेलाई रु. ३००० र तृतिय समूहलाई रु. २००० पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश कार्य समिति उपाध्यक्ष बिष्णुप्रसाद रिजाल, जिल्ला कार्य समिति अध्यक्ष इन्द्रराज भट्टराईको उपस्थिति रहेको थियोे । कार्यक्रममा नगर उपाध्यक्ष राजु पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ नगर उपाध्यक्ष राजु पुरी, सचिव मोहन भण्डारी र निवर्तमान सचिव जगन्नाथ उपाध्यायले गर्नुभएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ नगर अध्यक्ष सूर्यनाथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3