single head

स्वदेशी कच्चा पदार्थबाट उत्पादित सिमेन्ट र क्लिंकर निर्यातमा वृद्धि

single post top 1

फागुन ११ ,भैरहवा । पछिल्लो समय रुपन्देहीका उद्योगले धमाधम सिमेन्ट भारत निर्यात गर्न थालेका छन् । स्वदेशी कच्चा पदार्थबाट उत्पादित सिमेन्ट यहाँका ठूला उद्योगले सिमेन्ट भारत निर्यात गरिरहेका हुन् ।

single p1

यहाँका सिमेन्ट उद्योगले पछिल्लो समय भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) लिँदै निर्यात गरिरहेका छन् । दुई वर्षयता रुपन्देहीको बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ । कपिलवस्तुमा रहेको बालाजी सिमेन्टले पनि कृष्णनगर नाका हुँदै निर्यात गरिरहेको छ । रुपन्देही र पश्चिम नवलपरासीमा रहेका सिमेन्ट उद्योगले बेलहिया नाका हुँदै निर्यात गरिरहेका छन् ।

single p2

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले सिमेन्ट निर्यात राम्रो रहेको बताउनुभयो । “पछिल्लो तथ्याङ्क हेर्ने हो भने सिमेन्ट निर्यात राम्रो छ, यही रफ्तारमा निरन्तर निर्यात हुन सक्यो भने मुलुकका लागि निकै उपलव्धि हुन्छ”, उहाँले भन्नुभयो, “सिमेन्ट निर्यात गर्ने उद्योगहरु थपिँदै जान थालेका छन् । धेरै उद्योगीले निर्यात प्रवद्र्धनमा जोड दिइरहेका छन् ।”

कुनै समय भारत आयात हुँदै आएको क्लिंकर पनि अहिले भारततर्फ निर्यात हुँदै आएको छ । ‘यो निकै साकारात्मक कुरा हो’, गौतमले भन्नुभयो, ‘क्लिंकर आयात प्रतिस्थापन नै भएको छ ।’ भन्सार कार्यालयको तथ्याङ्क अनुसार बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ६६ करोड ६९ लाख ७८ हजार रुपियाँको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ ।

सात महिनाको अवधिमा तीन लाख ५५ हजार १७४ टन सिमेन्ट निर्यात भएको छ । गौतमका अनुसार ९१ करोड करोड ३२ लाख ४३ हजार रुपियाँको सिमेन्ट निर्यात भएको छ । यस्तै दुई लाख ५० हजार सात सय ३३ टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो । क्लिंकर ७५ करोड ३७ लाख ३५ हजार रुपियाँ बराबरको निर्यात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षमा दोब्बर बढी निकासी भएको छ । क्लिंकर निकासी पनि बढेको छ । सरकारले बजेटमार्फत विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरे आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सोहीअनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेका छन् । क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीसहित आठ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे आठ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ ।

सिमेन्टको आन्तरिक खपत कम हुँदा भारत निकासी गरेर उद्योगहरुले केही राहत पाएका छन् । आन्तरिक खपत अहिले २० देखि ३० प्रतिशतमा सीमित भएको उद्योगीको भनाइ छ । केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3