फागुन ३,गैडाकोट । नारायणी माध्यमिक विद्यालयमा खुला भजन प्रतियोगितासँगै सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुद्घाटन गरिएको छ ।
भजन प्रतियोगितामा १९ टिममध्ये मौलाकालिका मन्दिर भजन कीर्तन मण्डली, गैंडाकोट १– प्रथम भएको छ। धौलागिरी टोल महिला समूह, गैंडाकोट २– द्वितीय, श्री हरिहर मन्दिर परमानन्द आश्रम, गैडाकोट ७, तृतीय र सनातन बाल भजन समूह, गैंडाकोट ८ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजयी समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । जसअनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार प्रदान गरिएको थियो ।
गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद चापागाईंले विद्यालयको भौतिक संरचना व्यवस्थित गर्नेदेखी शैक्षिक गुणस्तरमा ध्यान दिइएको बताउनुभयो । यसपटक विद्यालयमा अक्षरराम्भ गराउनेपनि अघिल्ला वर्षका तुलनामा बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका, ७ नम्बर वडा कार्यालय, नारायणी सामुदायिक वन, अक्सफोर्ड कलेज, जानकी ग्याँस, चन्द्रशेर बालुवा प्रशोधन उद्योग, जयश्री समुदायिक वन, मौलाकालिका मन्दिर, सुवर्ण आर्टस, ज्ञानज्योती पुस्तक लगायतले सहकार्य गरेका थिए ।

नारायणी माविमा भजन प्रतियोगिता सम्पन्न, सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुदघाटन


कमेन्ट :