spot_img

Wednesday, July 17, 2024

उपकुलपति छनोट प्रक्रियामा योग्य जतिलाई छाँटेर ,गठबन्धनका आसेपासेहरुलाई राखेको केपी शर्मा ओलीकोआरोप

फागुन २,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रश्न उठाएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले योग्य जतिलाई छाँटेर उपकुलपतिको अल्पसूचीमा गठबन्धनका आसेपासेहरुलाई मात्र राखेको बताएका हुन् ।

प्रधानमन्त्रीजीले अस्ति नै २/४ पल्ट नै खोक्नुभयो, अब विश्वविद्यलयमा मेरोटोक्रेसी हुन्छ, दलीय आधारमा हुन्न’ उनले भने, ‘गठबन्धनका आसेपासे, अयोग्य साबित भइसकेका, ठाडै राजनीतिक दलको सेवा गरेर कुद्नेहरुको सर्टिङ गर्नुभएको छ ।’

प्रधानमन्त्रीले मेरिटोक्रेसीको कुरा गरिरहँदा नै आफूले भेटेर कसको नेतृत्वमा छनोट समिति बनाउन लागेको भनेर सोधेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘उहाँको मेरोटोक्रेसी पहिला नै देखियो, गठबन्धनको हुनुपर्ने, अनुचित अपवित्र क्रियाकलाप गरेको प्रमाणित हुनुपर्ने ।’

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार