spot_img

Wednesday, September 11, 2024

भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम

माघ २५ ,चितवन। चितवनका दुई स्थानीय तहबीचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज माडीमा एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्। दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ। भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानीय तह हुन्। यसलाई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्टाएको छ।

यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन्। त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिइएको दाहालले बताइन्।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार