spot_img

चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकको प्रतिक्रिया : चलचित्रको अर्काे भाग निर्माण

पुस २९ काठमाडौँ  । चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सो चलचित्रको अर्काे भाग निर्माणको माग गरेका छन् । ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमलाई दर्शकले सो माग गरेका थिए ।

निर्माता राजाराम बुढाथोकी, निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, वितरक करण श्रेष्ठसहितको टिमलाई दर्शकले यो चलचित्रको अर्काे भाग पनि बनाउन आग्रह गरेका हुन् । चलचित्र हेरेर निस्किँदै गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए । उनीहरूले चलचित्रको विषयवस्तुसँगै प्रस्तुतीकरणको तारिफ गरेका थिए । धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको भन्दै उनीहरूले तारिफसमेत गरे । निर्देशक श्रेष्ठले हल प्रतिव्रिmया शत प्रतिशत सकारात्मक रहेको बताउनुभयो । “म केही समयको अन्तरालमा निर्देशक बनेर आएको थिएँ । युवा पुस्ताको प्रेमलाई मैले बुझे अनुरूप प्रस्तुत गरेँ । म एकदमै खुसी छु,” निर्देशक श्रेष्ठले भन्नुभयो, “मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुग्नु मेरो सफलता हो । हाम्रो चलचित्रको व्यापार अपेक्षाकृत छ । दर्शकले नै अरू दर्शक अब हलसम्म ल्याउनुहुने छ ।”

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार