spot_img

गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा डस्टबिन वितरण

मंसिर ,२९ गैँडाकोट । गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शुक्रबार एक कार्यक्रम गरि डस्बिन वितरण गरेको छ । कार्यक्रममा संस्थाले आफ्ना उपभोक्ताहरु भएका टोलमा जम्मा २६ वटा डस्बिन वितरण गरिएको हो । गैँडाकोट पम्पिङकका खानेपानी वितरणका लागि ८ वटा कलस्टर छन् । ८ वटा कलस्टरको १३ वटा स्थानका लागि २६ वटा डस्बिन वितरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । खानेपानी संस्थाले पानी वितरण मात्र नभई सरसफाई र सुरक्षाको सवालमा पनि योजना बनाएर काम गरिरहेको छ । खानेपानी संस्थाले फोहोरमैला व्यवस्थापनमा चालेको पाइलामा स्थानीय सरकारले पनि साथ दिनुपर्ने अध्यक्ष न्यौपानेको तर्क थियो ।

अहिले गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गैँडाकोट १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा सुरक्षित पानी वितरण गदै आएको छ । अहिले १३ स्थानमा डस्बिन वितरण गरेको संस्थाले आवश्यकता अनुसार अन्य स्थानमा पनि राख्ने बताएको छ ।

 

त्यस्तै संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले प्रत्येक स्थानमा फलामको स्टेन बनाएर कुहिने फोहोर र नकुहीने फोहोर छुट्टाछ्ट्टै राख्नका लागि दुई–दुई वटा डस्बिनको व्यवस्थापन संस्थाले गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा संस्थाका सहसचिव तथा खानेपानी सुरक्षा समिति संयोजक कृष्णप्रसाद काफ्लेले मान्छेको आवाजजावत धेरै हुने स्थानको छनोट गरी सोही स्थानमा डस्बिनको व्यवस्थापन गरिएको बताउनुभयो । यसमा संकलन भएको फोहोरको उचित व्यवस्थानका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय सरकारले सहजीकरण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

 

त्यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, २ का वडा अध्यक्ष प्रकाश सापकोटा, ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, ८ का वडा सदस्य खगेश्वर सापकोटा, ५ का वडा सदस्य तुलसी गौतम, २ का वडा सदस्य काशिराम अर्याल लगाएतले खानेपानी संस्थाले गरेको काम प्रशंसायोग्य रहेको बताउनु भयो । साथै संस्थाको काममा स्थानीय सरकार सधै साथमा रहने जनप्रतिनिधिहरुले आफ्नो सम्बोधनका क्रममा बताएका थिए ।

 

कार्यक्रम संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले संचालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य खानेपानी सुरक्षा समिति सदस्य डिल्ली न्यौपानेले राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार