कात्तिक ११ काठमाडौं । सोसल मिडिया प्लाटफर्म एक्समा नयाँ अकाउन्ट खोल्नका लागि अब निकट भविष्यमै शुल्क तिर्नुपर्नेछ । एक्स कम्पनीका मालिक एलन मस्कले एक लाइभ स्टिमिंगका क्रममा यस्तो खुलासा गरेका हुन् ।
एक्सलाई सबै प्रयोगकर्ताका लागि एउटा सशुल्क प्लाटफर्मको रुपमा तयार पार्नेतर्फ अघि बढिरहेको उनले बताएका छन् । उनका अनुसार एक्सले एउटा नयाँ कार्यक्रम दुईवटा देशमा परीषण गर्दैछ, जसको नाम ल्यत ब द्ययत रहेको छ ।
मस्कका अनुसार यो कार्यक्रम न्युजिल्याण्डमा र फिलिपिन्समा सुरु गरिएको छ । ती देशमा अब सोसल मिडिया प्लाटफर्म एक्समा नयाँ खाता खोलनका लागि १ डलर शुल्क तिर्नुपर्नेछ।
नट ए बोट कार्यक्रम अन्तर्गत प्रयोगकर्ताले सबैभन्दा पहिले एक्स अकाउन्टमा आफ्नो मोबाइल नम्बर भेरिफाइ गर्नुपर्दछ । यो नियम नयाँ प्रयोगकर्ताका लागि पनि लागू हुन्छ ।
कमेन्ट :