spot_img

Monday, June 17, 2024

चलचित्र ‘१२ गाउँ’ को शुभमुहूर्त

ललितपुर । अभिनेता विराज भट्टले छोरा समीर भट्टलाई मुख्य भूमिकामा राखेर चलचित्र ‘१२ गाउँ’ को निर्माण थाल्नुभएको छ । सो चलचित्रको सोमबार ललितपुरको हात्तीवनमा शुभमुहूर्त गरिएको छ । सो चलचित्रको निर्माता, निर्देशक विराज भट्ट हुनुहुन्छ । चलचित्रको शुभमुहूर्तमा समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्का, कनिज कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो । म्युजिक भिडियोमा रुचाइएकी मोडल सनिशा भट्टराईले ‘१२ गाउँ’ बाट चलचित्रमा प्रवेश गर्नुभएको छ ।

मिस नेपाल इन्टरनेसनल–२०२२ न्यान्सी खड्काले पनि यही चलचित्रबाट फिल्मी जीवन थाल्नुभएको छ । दक्षिण भारतीय चलचित्रमा अभिनय गरिसक्नुभएका कनिज कोइरालाले चलचित्रमा मुख्य भूमिकामै काम गर्नुहुने छ ।

काठमाडौँ, वीरगन्ज, हेटौँडालगायत स्थानमा छायाङ्कन गरिने चलचित्रमा महेश पौडेलको छायाङ्कन, सन्तोष सरकारको कथा एवं पटकथा, सिल्भा मास्टरको द्वन्द्ध निर्देशन रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार