spot_img

Thursday, July 10, 2025

नेपालको आर्थिक वृद्धि हुने राष्ट्र बैंकको भनाइ

काठमाण्डौ ।  सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे तापनि नेपालको आर्थिक वृद्धिदर चालू आवमा ५ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैंकका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

विश्वको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशतले सीमित रहने प्रक्षेपणबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले प्रक्षेपण गरेकै दरमा हुने दोहो-याएको हो ।

विश्व बैंक र आईएमएफले नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने बताइरहँदा नेपालको आर्थिक वृद्धि भने हुन सकेको छैन । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अध्ययनअनुसार चालू आवको पहिलो चौमासमा ३ दशमलव २ प्रतिशत मात्र आर्थिक वृद्धि भएको छ । गत आवमा नेपालले ४ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतको बीचमा हुने जनाएको थियो ।

चालू आवमा नेपालमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु भएकाले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको भनाइ छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार