single head

गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

single post top 1

गैंडाकोट । गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड, गैंडाकोट–८, विजयनगर, नवलपुरको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार संस्थाको भवनको माथिल्लो तलामा आयोजित साधारणसभामा बोल्ने अधिकांश वक्ताले संस्थाको प्रगतिको कामना गर्दै सहकारीलाई संरक्षण र सुदृढ बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

single p1

कार्यक्रममा संस्थाको विकासमा योगदान पु¥याउने व्यक्तिहरू, सरसफाइमा उत्कृष्ट कार्य गर्ने सदस्य, सबैभन्दा बढी दूध बिक्री गर्ने कृषक, नियमित बचत गर्ने सदस्य तथा उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो।

single p2

कार्यक्रममा संस्थाका अध्यक्ष अगन्धर सापकोटाले संस्थाको प्रगति र दिगोपनका लागि सबै शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले दुग्ध उत्पादन तथा कृषि क्षेत्रको विकासमार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न संस्था निरन्तर क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो।
गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले सहकारी संस्थाहरू स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कृषकको उत्पादनलाई प्रोत्साहन गर्ने र दुग्ध व्यवसायलाई व्यवस्थित बनाउने कार्यमा सहकारीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले संस्थाको संस्थागत विकास र कृषकको हितका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो।


गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले स्थानीय कृषकको आयआर्जन वृद्धि र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले संस्थाको विकासका लागि स्थानीय तह र सहकारीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

गैंडाकोट सहकारी शाखाका प्रमुख देवेन्द्र गौतमले सहकारी सञ्चालनमा नियम, विधि र पारदर्शिताको पालना महत्वपूर्ण हुने बताउँदै संस्थालाई व्यवस्थित र विश्वसनीय बनाउन ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, सहकारीकर्मीतथा संस्थाका सल्लाहकार इन्द्रराज ज्योति पौडेलले सहकारीको सफलताका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी विश्वास र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारीका मूल्यमान्यता आत्मसात् गर्दै संस्थालाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो।


सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष बाबुराम खनालले सहकारीलाई सदस्यहरूको विश्वासमा आधारित संस्थाका रूपमा अघि बढाउन पारदर्शिता, सुशासन र आर्थिक अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले सहकारीको संरक्षण र विकासमा सबै सदस्यको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

संस्थाका पूर्वअध्यक्ष प्रेमप्रसाद सापकोटाले संस्थाको विगतको योगदानलाई स्मरण गर्दै यसको उपलब्धि जोगाउन र आगामी दिनमा थप प्रगतितर्फ अघि बढाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।

साधारणसभामा संस्थाका सचिव रुद्रप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्षको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक चन्द्रमणि पौडेलले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन संयोजक शशिधर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव रुद्रप्रसाद पौडेलले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3